नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस