आइतबार नेपाली बजारमा सुनको मूल्य उच्च अंकले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो ।
योसँगै आज आइतबार सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ९सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस