Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले सहिद मार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति

अर्थ संसार

आइतबार, ०४ फागुन २०८१, १४ : २२ मा प्रकाशित

सरकारले सहिद मार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति

पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले शहीद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए ।

उनले भने,‘चालू आर्थिक वर्ष ०८१/०८२ मा शहीद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रूपैयाँ रकमको व्यवस्था गरिएको थियो । हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ । सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानकर्षण गराउँछु,त्यसै गरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ । सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ ।’

सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको ? भन्दै सरकारको ध्यानाकर्षण गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको