Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा धुलो टक्टकाएर फेरि उठ्छ : वर्षमान पुन

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०८२, ०९ : ५५ मा प्रकाशित

नेकपा धुलो टक्टकाएर फेरि उठ्छ : वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले हालैको निर्वाचनमा अपेक्षित नतिजा प्राप्त नभए पनि त्यसबाट निराश नहुन पार्टीका कार्यकर्ता र समर्थकलाई आग्रह गरेका छन्। काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा चुनौतीहरूलाई पन्छाउँदै पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। सो कार्यक्रममा शहीदका प्रतिमा अनावरण तथा शहीद परिवारलाई सम्मान गरिएको थियो।

उनले पार्टीले आफ्नो विचार, राजनीति, संगठन, नेतृत्व शैली तथा कार्यशैलीबारे पुनः समीक्षा गर्ने आवश्यकता औंल्याए। जनताको भावना र देशको आवश्यकताअनुसार आफूलाई पुनर्गठन गर्दै अघि बढ्ने उनले बताए। साथै, भविष्यमा फेरि मुलुकको नेतृत्व गर्ने दाबी पनि उनले व्यक्त गरे।

आफूहरु रुपान्तरण र सुशासनको एजेण्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरुलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे ।

पुनले भने,‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरुमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं । त्यसैगरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंश गर्नेको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो । हामी पुरानो हौं, तर उस्तै खालका पुराना होइनौं । हामीले अवस्था बदल्न कोसिस गरेकै हौं । फेरि जनतामा जान्छौं। कुुनै अहंकार, विचलन, निराशा होइन, शहीदहरुको बलिदानलाई आत्मसात गर्दै नयाँ ढंगले धुलो टक्टकाएर उठ्ने संकल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठूलठूला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौं । हाम्रो अहिलेसम्मको विचार, राजनीति, संगठन, नेतृत्व, शैली, तौरतरिकाहरुलाई एकपटक ठण्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको