नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाहरूले अब देशको नेतृत्व सम्हाल्ने समय आएको बताएका छन्। मंगलबार काठमाडौंमा शहीद स्मृति स्पोर्ट्स एकेडेमीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
जेन–जी आन्दोलनपछि युवा पुस्तामा नेतृत्व गर्ने चाहना बढेको उल्लेख गर्दै पुनले युवाहरूले आफूभन्दा अग्रज नेताहरूको सम्मान गर्दै उनीहरूको अनुभवबाट सिक्नुपर्ने बताए। साथै, नेतृत्वका लागि आफूलाई सक्षम र तयार बनाउने यही उपयुक्त समय भएको उनको भनाइ थियो। उनले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले ५० प्रतिशतभन्दा बढी उम्मेदवार युवामध्येबाट चयन गर्ने तयारी गरिरहेको जानकारी पनि दिए।
‘पचास प्रतिशतभन्दा बढी युवाहरु हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ’ उनले भनेका छन्, ‘बढीभन्दा बढी युवाहरु आगामी निर्वाचनमा प्रतिस्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस