Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, बजेट फरक र प्रभावकारी ल्याउनुपर्छ - वर्षमान पुन

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १६ : ०० मा प्रकाशित

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, बजेट फरक र प्रभावकारी ल्याउनुपर्छ - वर्षमान पुन

वर्षमान पुनले सत्तारूढ दलका सांसदहरू निरीहजस्तै देखिएको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट छलफलको प्रक्रियामा सरकारले प्रस्तुत गरेको विषयलाई जस्ताको त्यस्तै स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।

उनका अनुसार सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका मुद्दा प्रभावकारी रूपमा उठाउन नसके आगामी दिनमा जनताले उनीहरूमाथि नै प्रश्न उठाउन सक्छन्। संसद अधिवेशन ढिलो गरी आह्वान गरिएकाले बजेटसम्बन्धी छलफलहरू हतारमा टुंग्याउनुपर्ने परिस्थिति बनेको पनि उनले उल्लेख गरे।

पुनले सरकारको नियत संसदलाई छल्ने खालको देखिएको आरोप लगाउँदै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन सचेत हुन आग्रह गरे। साथै, सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी शैलीको देखिएकाले त्यसभन्दा फरक र प्रभावकारी बजेट ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको