Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलर स्थिर रहँदा युरो बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, ०८ : २८ मा प्रकाशित

अमेरिकी डलर स्थिर रहँदा युरो बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर स्थिर रहेको छ । आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा कायम गरिएको छ । यसअघि आइतबार डलरको खरिदबिक्रीदर सोही मुल्यमा भएको थियो  । 


आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ४८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसाले बढेको छ ।
आइतबार युरोको खरिदमूल्य १४५ रूपैयाँ ०७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ७० पैसामा खरिदबिक्री भएको थियो । 


त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । 


यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ०५ र बिक्रीदर ८८ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।


उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ११ पैसा तथा बिक्री दर १९ रूपैयाँ १९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६६ पैसा कायम गरेको जनाइएको छ । 


यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ २६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३९ पैसा कायम गरेको छ । 


साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ १९ पैसा र बिक्रीदर ४५१ रूपैयाँ १३ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको