Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, ११ : १२ मा प्रकाशित

सोमबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

 नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १२ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको