Like us!
Follow us!
Connect us!
Watch us!

देश हामी आफैले नै बनाउनुपर्छ, अर्काले आएर बनाइदिँदैन: प्रधानमन्त्री

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, १४ : ४२ मा प्रकाशित

देश हामी आफैले नै बनाउनुपर्छ, अर्काले आएर बनाइदिँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर नेपाललाई नेपाली आफैले बनाउनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने भएकाले आफ्नो देश आफै बनाउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ ,कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरू स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको