Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलन - बालकोटस्थित ओली निवासमा आगजनी

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : ५७ मा प्रकाशित

जेनजी आन्दोलन - बालकोटस्थित ओली निवासमा आगजनी

जेनजी आन्दोलन चर्किएसँगै आज प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी गरेका छन्।

सोमबार भएको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवा समूह राजधानीका विभिन्न ठाउँबाट प्रधानमन्त्री निवासतर्फ अघि बढेका थिए। उनीहरूले नाराबाजी गर्दै निवास परिसरमा आगो लगाएका छन्।

घटनाका क्रममा सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास गरे पनि आगो नियन्त्रणमा आउन केही समय लागेको छ। घटनास्थलमा स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरू परिचालित छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको