Like us!
Follow us!
Connect us!
Watch us!

‘चेन अफ कमान्ड’ मा काम नगरेकाले कुलमानलाई हटाउनुपर्यो - प्रधानमन्त्री

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, १५ : ४२ मा प्रकाशित

‘चेन अफ कमान्ड’ मा काम नगरेकाले कुलमानलाई हटाउनुपर्यो - प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीलाई कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्था रहेको भन्दै त्यसै आधारमा सरकारले कुलमान घिसिङमाथि कारबाही गरेको बताएका छन् ।

कर्मचारीलाई दण्ड र जरिवानाका सन्दर्भमा संसद्ले नै बनाएको कानुन अनुसार सरकारले पदमुक्त गरेको भन्दै त्यस विषयमा संसद् अवरोध गर्नु गलत भएको प्रधानमन्त्री ओलीले बताए । तर, सम्बोधन क्रममा ओलीले घिसिङको नाम भने लिएनन् । 

‘राष्ट्रसेवक कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थल संसद् हो जस्तो मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

विभागीय मन्त्रीलाई नै अटेर गर्ने र ‘चेन अफ कमान्ड’ मा काम नगरेकाले बर्खास्त गर्नुपरेको उनले बताए ।

‘कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला,यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ । चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ । भइरहेको छ,’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको