नेपाल धितोपत्र बोर्डमा सर्वजनिक निष्कासनका लागि आवेदन दिने कम्पनीहरुको बाढी नै आएको छ। ११ महिनादेखि बोर्ड अध्यक्ष रिक्त हुँदा दर्जनौँ कम्पनी अनुमतिको पर्खाइमा छन्।
जसमा होटल तथा पर्यटन सेक्टरका सात वटा कम्पनीले साधारण सेयर (आईपीओ) ल्याउने तयारीमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को आईपीओ पाइपलाइनमा होटल तथा पर्यटन क्षेत्रबाट ७ वटा कम्पनी रहेका छन् ।
सेबोनका अनुसार होटल तथा पर्यटन क्षेत्रका सात कम्पनी एपेक्स हस्पिट्यालिटी, होटल फरेस्ट इन, अर्किड होल्डिङ, अन्नपूर्ण केबलकार, बन्दीपुर केबलकार एन्ड टुरिजम, अकामा होटल र ठमेल प्लाजा होटल एन्ड सुइट्सले आइपीओ ल्याउन लागेका हुन् । यी कम्पनीहरूले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ ल्याउन लागेका छन् ।
यी कम्पनीहरूले आईपीओ निष्कासन गर्न स्वीकृति माग गर्दै सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेको छन् ।
कुन कम्पनीको कति ?
एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यसका साथै होटल फरेष्ट इन लिमिटेडले ९८ करोड बराबरको ९८ लाख कित्ता आईपीओ ल्याउने तयारी गर्दा अर्किड होल्डिङ्स लिमिटेडले १ अर्ब १५ करोड बराबरको १ करोड १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।त्यस्तै, अन्नपूर्ण केबलकारले ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ ल्याउने तयारी गर्दा बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडले ३० करोड ६० लाख बराबरको ३० लाख ६० हजार कित्ता ल्याउने भएको छ ।
यस्तै, आकामा होटल लिमिटेडले २२ करोड ५० लाख बराबरको ४५ लाख कित्ता र ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेडले १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको सेबोनले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस