Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म सेयरधनी बन्नेले पाउनेछन विशाल बजारको १४ प्रतिशत लाभांश

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १० : २६ मा प्रकाशित

आजसम्म सेयरधनी बन्नेले पाउनेछन विशाल बजारको १४ प्रतिशत लाभांश

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले फागुन २८ गते, बुधबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

 सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको पसलकवलसँगै सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने, सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा अनुमोदन गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको