Like us!
Follow us!
Connect us!
Watch us!

जनतासँग माओवादी अभियान जनसंवाद अभियान हो- प्रचण्ड

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, २० : ११ मा प्रकाशित

जनतासँग माओवादी अभियान जनसंवाद अभियान हो- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

प्रचण्डले यो अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको बताए । सहरी क्षेत्रका जनताको मनोविज्ञान विभिन्न माध्यमबाट थाहा हुने भए पनि देशको दक्षिण र ग्रामीण क्षेत्रमा बस्ने जनताको मनोविज्ञान कस्तो छ भनेर जान्न पनि यो अभियान महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे । देशको दक्षिण क्षेत्रमा बस्ने अधिकांश जनता आदिवासी र उत्पीडित समुदाय रहेको उल्लेख गर्दै उहाँले यो आफ्नो पार्टीले आफ्नै वर्ग समुदायमा फर्कन गरेको निर्णयको कार्यान्वयनको सुरुवात भएको बताए ।

अब यसैले वैशाखमा मध्यपहाड र हिमाली क्षेत्रका जनता के चाहन्छन भनेर बुझ्न यसरी नै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने बताए ।

झापाबाट सुरु भएको पहिको दिनको कार्यक्रम निकै उत्साहजनक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब फेरि माओवादीप्रति जनतामा आकर्षण बढिरहेको र नेता कार्यकर्ताको आत्मविश्वास बढ्दै गएको बताए ।

 झापा हिजो सामन्तवादको विरुद्ध बिद्रोहको केन्द्र रहेको र त्यतिबेलाको बिद्रोहको नेतृत्व गर्ने नेताहरु अहिले प्रतिक्रान्तिको हिस्सेदार बनेको प्रति झापाली जनताको ध्यानाकर्षण गराउन पनि यो अभियान महत्त्वपूर्ण भएको उनले स्पष्ट गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको