Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसाय विस्तारमा वाणिज्य बैंकहरु आक्रामक, निक्षेप र कर्जा प्रवाह कति ?

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, ०९ : ५४ मा प्रकाशित

व्यवसाय विस्तारमा वाणिज्य बैंकहरु आक्रामक, निक्षेप र कर्जा प्रवाह कति ?

चालु आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । 

नेपाल बैंकर्स संघद्वारा प्रकाशित पछिल्लो तथ्यांकअनुसार माघ मसान्तसम्म कुल बैंक निक्षेप ५९ खर्ब ९७ अर्ब ५ करोड  रुपैयाँ पुगेको छ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले बढेको देखिएको हो ।

निक्षेप संकलनमा सबैभन्दा अगाडी को ?

चालु आर्थिक वर्षको माघ समान्तसम्म निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक,नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा अगाडी देखिएका छन्  ।

ग्लोबल आइएमई बैंकको ६ महिनामाको निक्षेप २४ अर्ब रुपैयाँले बढ्दै ५ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

 नबिल बैंकको निक्षेप संकलन ३० अर्बले बढ्दै ४ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ४० अर्ब ८७ करोड रुपैयाँले बढ्दै ४ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

अन्य कुन बैंकको कति ?

यसै ७ महिनाको अवधिमा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १५ अर्ब, कुमारी बैंकले ११ अर्ब, लक्ष्मी सनराइज बैकले १३ अर्ब, नेपाल बैंकले २१ अर्ब, हिमालयन बैंकले ३ अर्ब, एनएमबि बैंकले ३३ अर्ब, एभरेष्ट बैंकले २७ अर्ब, कृषि विकास बैंकले १३ अर्ब, प्राइम बैंकले २३ अर्ब, सानिमा बैंकले १४ अर्ब, सिटिजन्स बैंकले ९ अर्ब, नेपाल एसबिआई बैंकले ६ अर्ब, माछापुच्छ्रेले ७ अर्ब र स्टान्र्डड चार्टडले ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो ।

यता, निक्षेप एनआइसी एशियाको ५८ अर्ब, प्रभूको ३ अर्ब र सिद्धार्थ बैंकको १ अर्ब ६० करोड रुपैयाँले निक्षेप घटेको छ ।

कर्जा लगानीमा कसको कस्तो अवस्था ?

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ खर्ब ५६ अर्ब रुपैयाँले बढेर ४४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

यसअवधिमा सर्वाधिक कर्जा लगानी गर्नेमा ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंक देखिएका छन्  ।

यो अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो कर्जा लगानी ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

 दोस्रो नम्बरमा रहेको एभरेष्ट बैंकले ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

अन्य कुन बैंकको कति ?

यसअवधिमा एनएमबि बैंकले पनि २७ अर्ब, नबिल बैंकले २३ करोड, लक्ष्मी सनराइज बैंकले २२ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २१ अर्ब, प्राइम बैंकले १८ अर्ब, नेपाल बैंकले १६ अर्ब, सिद्धार्थ बैंकले १३ अर्ब, माछापुच्छ्रे बैंकले १२ अर्ब र सानिमाले ११ अर्ब कर्जा लगानी गरेका छन् ।

एनआइसी एशियाको कर्जा लगानी ३२ अर्ब ८८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ७९ करोड र प्रभू बैंकको १ अर्ब ५८ करोड रुपैयाँ घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको