Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा गिरावट जारी - २० अंकले नेप्से घट्दा ८ अर्ब ३७ करोडको कारोबार

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १५ : ०९ मा प्रकाशित

सेयर बजारमा गिरावट जारी - २० अंकले नेप्से घट्दा ८ अर्ब ३७ करोडको कारोबार

साताको दोस्रो दिन पनि सेयर बजार घटेर बन्द भएको छ । 

आज नेप्से २०.६८ अकंले घटेर २७५१.४२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको हो ।

आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्र्यटन समूहको ०.९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको