नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट नडराउने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरेका हुन् ।
‘राजावादीहरुको प्रदर्शनले मुटु हल्लिएको हो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘प्रदर्शनले केही हल्लाएको छैन, केही भएको छैन । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन ।’
प्रचण्डले राजावादीहरुको गतिविधिको जिम्मा सरकारले लिनुपर्ने बताउदै जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको प्रतिक्रिया दिए । साथै उनले राजावादीहरुको गतिबिधिविरुद्ध सडकमा उत्रिने बारेमा आफुहरु छलफलमा रहेको समेत बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस