नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा विशेष सम्बोधन गर्न लागेका छन्। आगामी २७ गते बस्ने प्रतिनिधि सभा बैठक का लागि उनको सम्बोधनलाई कार्यसूचीमा समावेश गरिएको छ।
सोमबार सभामुख, प्रमुख सचेतक तथा सचेतकहरूबीच भएको छलफलपछि प्रचण्डको सम्बोधन निश्चित गरिएको हो। संसद्मा उनको सम्बोधनसँगै अहिलेको राजनीतिक हलचल थप उत्कर्षमा पुग्ने संकेत गरिएको छ।
तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गर्दै प्रचण्ड काठमाडौं आएका छन्। यो बीचमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कँदा देखिएको राजनीतिक तरङ्ग अझै सेलाएको छैन। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पूर्वराजाको गतिविधिप्रति उत्साहित देखिएका छन्।
यस्तो परिस्थितिमा प्रचण्डको संसद् सम्बोधनले नयाँ राजनीतिक बहस जन्माउने सम्भावना देखिएको छ। के प्रचण्डले पूर्वराजासँग जोडिएको परिस्थितिलाई केन्द्रमा राखेर आफ्नो धारणा राख्नेछन् ? वा, सरकारको नीति र समसामयिक विषयमाथि कडा प्रहार गर्नेछन् ? सबैको चासो अहिले यही रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस