सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २१ गते बिहान ११ बजे, अमृतभोग, कालिकास्थान, काठमाडौंमा गर्ने निर्णय गरेको हो।
सभामा हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।
यसअघि छैटौं साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरी १७ प्रतिशत मात्र जारी गर्ने प्रस्ताव राखिनेछ। हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छलफलका लागि राखिएको छ।
सभामा निम्न प्रस्तावहरू पनि पारित गरिनेछन्:
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत ७ गतेसम्म कायम सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्ने र सभामा सहभागी हुन पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस