Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जीआईसीको ७.५% बोनस सेयर सुरक्षित गर्ने अन्तिम समय आज

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, ०७ : ४० मा प्रकाशित

सानिमा जीआईसीको ७.५% बोनस सेयर सुरक्षित गर्ने अन्तिम समय आज

सानिमा जीआईसी इन्स्योरेन्सका सेयरधनीहरूका लागि आज (चैत ७) महत्त्वपूर्ण दिन रहेको छ।  भोलि (चैत ८) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहने सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन्।

सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश र साधारणसभा

सानिमा जीआईसी इन्स्योरेन्सले चैत २१ गते आफ्नो साधारणसभा काठमाडौंको अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे आयोजना गर्नेछ। साधारणसभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, कम्पनीले यसअघि छैटौं साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरी १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रद निष्काशनपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

अन्य एजेन्डाहरूमा सञ्चालक समितिको बैठक भत्ता संशोधन, आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरण पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको