Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआईसीको नाफामा १०% वृद्धि, बीमाशुल्क संकलनमा सुधार

अर्थ संसार

विहीबार, २९ साउन २०८२, ०८ : ५४ मा प्रकाशित

सानिमा जिआईसीको नाफामा १०% वृद्धि, बीमाशुल्क संकलनमा सुधार

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा नाफा र बीमाशुल्क संकलन दुवैमा वृद्धि गरेको छ। कम्पनीले यस अवधिमा ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३१ करोड ८१ लाख रुपैयाँभन्दा १०.१२ प्रतिशत बढी हो।


बीमाशुल्क संकलनमा बृद्धिदर

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ५१ करोड रुपैयाँभन्दा अलिक बढी हो। पुनर्बीमा खर्च यस अवधिमा १ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ भएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँभन्दा केही कम हो।

खुद बीमाशुल्क संकलन ७२ करोड २५ लाख रुपैयाँबाट बढेर ७८ करोड ७४ लाख रुपैयाँमा पुगेको छ, जसमा ८.९८ प्रतिशतको वृद्धि देखिन्छ।


पुँजी र कोष स्थिति

कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। समीक्षा अवधिसम्म रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ, अन्य इक्विटी १३ करोड १० लाख रुपैयाँ, महाविपत्ति कोष ४ करोड ६४ लाख रुपैयाँ, र स्पेसल रिजर्भ ७५ करोड ९८ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्षको तुलनामा महाविपत्ति कोष र स्पेसल रिजर्भ दुवैमा उल्लेखनीय वृद्धि भएको छ।


अन्य सूचकांक

प्रतिसेयर आम्दानी (EPS) १६ रुपैयाँ ३० पैसा पुगेको छ भने मूल्य–आम्दानी अनुपात (P/E ratio) ३७.४३ गुणा रहेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको