Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा प्रचण्डको प्रश्न - प्रधानमन्त्रीको अनुपस्थिति घमण्ड हो कि ? संस्कारहीनता हो कि ? कुण्ठा हो ?

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १४ : ३४ मा प्रकाशित

संसदमा प्रचण्डको प्रश्न - प्रधानमन्त्रीको अनुपस्थिति घमण्ड हो कि ? संस्कारहीनता हो कि ? कुण्ठा हो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रतिपक्षी दलका नेता प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेता संसद्को रोष्ट्रममा उभिँदा प्रधानमन्त्री निरन्तर अनुपस्थित भएकोप्रति प्रचण्डले प्रश्न गरेका हुन् । 

उनले सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।यसअघि पनि प्रचण्डको सम्बोधनमा प्रधानमन्त्री ओली अनुपस्थित थिए ।

त्यसप्रति आपत्ति जनाउँदै प्रचण्डले भनेका छन्, ‘प्रमुख प्रतिपक्षी दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि ? संस्कारहीनता हो कि ? कुण्ठा हो ? त्यसको जवाफ पनि आफैं खोज्नुहोला ।’

उनले संसद् सञ्चालनमा प्रतिपक्षीलाई दिइएको स्पेसबारे पनि गम्भीर हुन सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको