Like us!
Follow us!
Connect us!
Watch us!

फेरी घट्यो बजार - खुम्चियो परिसूचक,अब के गर्ने ?

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १५ : ०८ मा प्रकाशित

फेरी घट्यो बजार - खुम्चियो परिसूचक,अब के गर्ने ?

आज साताको तेस्रो दिन पनि सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से ३२.२१ अकंले घटेर २७१९.२० बिन्दुमा कायम भएको छ । आज ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोडको सेयर कारोबार भएको छ ।

अन्य सबै उपसूचक राताम्य हुँदा विकास बैंक बढेको छ । यसदिन विकास बैंकको शेयर मूल्य १.९३ प्रतिशतले बढेको हो ।आज २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको घटेको छ।

ज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.६९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको