Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा ब्रेक - नेप्से १७ अंकले फर्कियो, कायम रहला यहि लय ?

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, १५ : १४ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा ब्रेक - नेप्से १७ अंकले फर्कियो, कायम रहला यहि लय ?

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ७ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। 

आज नेप्से १७.२८ अकंले घटेर २७३६.४८ बिन्दुमा कायम भएको छ। आज ३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २३ करोडको कारोबार भएको छ ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंकको ०.३३ प्रतिशत र माइक्रोफाइनान्स समूहको ०.२७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

बुधबार १४६ कम्पनीको सेयरमूल्य बढ्दा ८८ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको संस्थापक सेयर किनबेच भएको छ । आज यस बैंकको ८१ करोड ३६ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको