Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर छनोट गर्न अर्थमन्त्रीको संयोजकत्वमा बन्यो सिफारिस समिति,को बन्दैछ नयाँ गभर्नर ?

अर्थ संसार

शुक्रबार, ०१ चैत्र २०८१, १० : २० मा प्रकाशित

गभर्नर छनोट गर्न अर्थमन्त्रीको संयोजकत्वमा बन्यो सिफारिस समिति,को बन्दैछ नयाँ गभर्नर ?

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने भएको छ। 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो ।

समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक  रहेका छन् । यस्तै, विज्ञ सदस्यमा मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ डा.विश्वनाथ पौडेल रहेका छन् । पुर्व गभर्नर मध्येबाट विजयनाथ भट्टराई रहेका छन् । भट्टराई र पौडेल दुवै कांग्रेसनिकट मानिन्छन्।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत २५ गतेबाट सकिँदैछ। अधिकारी पुनः गभर्नरमा दोहोरिने निकै चर्चा थियो। तर, अधिकारी आफैँ आफू गभर्नरमा दोहोरिन नचाहेको सार्वजनिक कार्यक्रमहरुमै भन्दै आएका थिए। राष्ट्र बैंकको गभर्नर बन्न हाल एक दर्जनभन्दा बढीको नाम चर्चा रहेको छ।  गभर्नरका लागि आकांक्षीहरुले दौडधुप बढाइसकेका जानकारहरु बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको