Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ ?

अर्थ संसार

शुक्रबार, ०१ चैत्र २०८१, १० : ५९ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ ?

नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला चार हजार रुपैयाँले बढेर हाल सम्म कै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको