Like us!
Follow us!
Connect us!
Watch us!

९७६७९८३८८३ मा बुक गर्नुहोस् सेयर तालिम

अर्थ संसार

शुक्रबार, ०१ चैत्र २०८१, १५ : २० मा प्रकाशित

९७६७९८३८८३ मा बुक गर्नुहोस् सेयर तालिम

इन्टरनेशनल एकेडेमी फर फाइनान्सियल स्टडीज (IAFS) ले सुमेरु सेक्युरिटिज प्रा. लि. (Broker No. 39) को प्राविधिक सहकार्यमा सेयर बजारमा दक्षता हासिल गर्न चाहने लगानीकर्ताहरूका लागि विशेष तालिम सञ्चालन गर्ने भएको छ। तालिम आउँदो चैत्र ८ र ९ गते ज्ञानेश्वर टाउर, काठमाडौंमा आयोजना गरिनेछ।

सेयर बजार सम्बन्धी ज्ञान र लगानी रणनीति

सेयर बजारसम्बन्धी ज्ञान र लगानी निर्णय क्षमतामा सुधार ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको यस तालिममा Fundamental र Technical Analysis को विस्तृत अध्ययन गराइनेछ। साथै, Market Manipulation, Company Cornering, Financial Behavior र Market Sentiment जस्ता महत्वपूर्ण विषयहरूमा सहभागीहरूलाई जानकारी प्रदान गरिनेछ।

IAFS का CEO युवराज भण्डारीका अनुसार तालिममा सहभागीहरूले बजारको प्रवृत्ति बुझ्न, सही समयमा खरिद-बिक्री निर्णय गर्न र सफल लगानीकर्ता बन्न आवश्यक आधारभूत सीप हासिल गर्नेछन्।

अनुभवी प्रशिक्षकहरूको सहभागिता

तालिममा सेयर बजार विश्लेषण तथा लगानी रणनीतिका क्षेत्रमा विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्। प्रशिक्षकहरूको टोलीमा Mr. Vardan Giri, CFA, Mr. Yogesh Daruka, Market Analyst, र Mr. Priyanshu Agrawal (CFA), Managing Director – Sumeru Securities Pvt. Ltd. रहेका छन्।

तालिमका लागि दर्ता खुला

सीमित सिट उपलब्ध भएकाले इच्छुक व्यक्तिहरूलाई शीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ। तालिम ज्ञानेश्वर टाउर, काठमाडौंमा सञ्चालन हुनेछ। इच्छुक सहभागीहरूले अधिक जानकारीका लागि इन्टरनेशनल एकेडेमी फर फाइनान्सियल स्टडीजको वेबसाइट https://iafs.com.np/ वा [email protected] इमेल मार्फत सम्पर्क गर्न सक्नेछन्। साथै, ९७६७९८३८८३ नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिनेछ।

सेयर बजारमा सफल हुन चाहने लगानीकर्ताहरूका लागि यो तालिम महत्वपूर्ण अवसर सावित हुनसक्ने आयोजक संस्थाले जनाएको छ।

 

67d3f8fe1697c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको