हालसम्मकै उच्च मूल्यबाट सुन ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितालो १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितालो ४०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन नयाँ रेकर्ड बनाउँदै प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस