Like us!
Follow us!
Connect us!
Watch us!

७ महिनामा २ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह - सबैभन्दा बढी ऋण कुन क्षेत्रमा ?

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, ११ : ३१ मा प्रकाशित

७ महिनामा २ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह - सबैभन्दा बढी ऋण कुन क्षेत्रमा ?

चालु आर्थिक वर्ष ०८१/८२ को ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब ८३ अर्ब ४६ करोड कर्जा विस्तार भएको छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ महिनासम्ममा ५४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा ७ महिनामा कर्जा ५.२७ प्रतिशतले बढेको हो। पोहोर ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लगानी ४.१ प्रतिशतले वृद्धि भएको थियो। पहिलो ७ महिनामा १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।

कुन क्षेत्रमा कति ?

निजी क्षेत्रतर्फ वाणिज्य बैंकहरुको कर्जा ५.९, विकास बैंकहरुको ३.१ र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाको लगानीमध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १४.४ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत ऋण दिइएको हो।

औद्योगिक उत्पादनतर्फ ९.५, निर्माणमा ९, यातायात, संचार तथा सार्वजनिक सेवामा ६.७, सेवा उद्योगमा ७, उपभोग्यतर्फ ५.९ र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.४ प्रतिशतले कर्जा बढेको छ।

आवधिक कर्जा ३.६, सेयर धितो कर्जा २७.८, आयात कर्जा ६९.५, हायर पर्चेज कर्जा ४.५, नगद प्रवाह कर्जा ३.७ र रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

चालु पुँजी कर्जा भने १२.४ प्रतिशतले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको