Like us!
Follow us!
Connect us!
Watch us!

शहरी विकास मन्त्रालयले ८ महिनामा परिचालन गर्यो १२ अर्ब

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १४ : ३१ मा प्रकाशित

शहरी विकास मन्त्रालयले ८ महिनामा परिचालन गर्यो १२ अर्ब

शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। मंगलबार आयोजित कार्यक्रममा मन्त्रालयले हालसम्म जम्मा १७.९३ प्रतिशत मात्र बजेट खर्च गरेको विवरण सार्वजनिक गरेको हो।

चालु आव २०८१/८२मा सहरी विकास मन्त्रालयले ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बजेट पाएकोमा ८ महिनासम्ममा गरेको खर्च भने जम्मा १२ अर्ब रुपैयाँ मात्रै छ । 

यो मन्त्रालयले संघ तर्फ मात्रै ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँको बजेट पाएको छ । जसमध्ये चालु तर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगत तर्फट‍ ६३ अर्ब ८३ करोड हजार रुपैयाँ खर्च गर्न पाउँछ ।

हालसम्म यो मन्त्रालयले चालु तर्फको खर्च २५.२३ प्रतिशत मात्रै खर्च गरेको छ । यसको पुँजीगत तर्फको खर्च १७.४३ ५ रहेको छ । समग्रमा हालसम्म जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३५ खर्च भएको अवस्था छ।

चालू आवको जम्मा ३ हजार ७ सय १६ वटा नयाँ कार्यक्रमहरू मध्ये जम्मा १ हजार ६ सय २३ वटा कार्यक्रमहरूको बोलपत्र आव्हान भईसकेको सहरी विकास मन्त्रालयको भनाइ छ ।

बोलपत्र आव्हान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरू मध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भईसकेको छ। बोलपत्र आव्हान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रमहरू मध्ये २ सय ८८ वटा कार्यक्रमहरू बहुबर्षीय स्वीकृतिको लागि प्रस्तावित कार्यक्रमहरू हुन् भने ८० वटा कार्यक्रमहरू संशोधनको लागि प्रस्तावित कार्यक्रमहरू हुन् । संशोधनको लागि प्रस्तावित ८० वटा कार्यक्रमहरू मध्ये ४४ वटा संशोधन भई आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियमा रहेको पनि सहरी विकास मन्त्रालयको भनाइ छ । १ हजार ४ सय छढ वटा पुराना ९क्रमागत तथा बहुबर्षीय स्वीकृत कार्यक्रमहरू० मध्ये चालू आर्थिक बर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरू सम्पन्न भईसकेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको