Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ७ अंकले घटेर २६९७ को विन्दुमा, कारोबार रकम ४ अर्ब ३४ करोडमा सीमित

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १५ : ०८ मा प्रकाशित

नेप्से ७ अंकले घटेर २६९७ को विन्दुमा, कारोबार रकम ४ अर्ब ३४ करोडमा सीमित

आज पनि सेयर बजार सामान्य घटेर बन्द भएको छ । मंगलबार नेप्से ७.६६ अंकले घटेर २६९७ को विन्दुमा कायम भएको छ। यस दिन ८२ लाख ३७ हजार ९०२ कित्ता कारोबार हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथि कारोबार भएको छ।

यसदिन अन्य उपसमूह बाहेक बाँकीका सबै १२ वटै उसमूह घटेको छ। नेप्से घटे तापनि मिथिला लघुवित्तको सेयर ९.९६ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी आज हिमालयन पावर पार्टनर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, भूगोल इनर्जी, धौगागिरी लघुवित्त, रिभर फल्स पावर, नेपाल एसबिआई बैंक डिबेन्चर, माउन्टेन हाइड्रो र घलेम्दी हाइड्रोको सेयरमूल्य बढेको छ। 

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको