Like us!
Follow us!
Connect us!
Watch us!

सांसदहरुलाई मन्त्री भण्डारीको प्रतिप्रश्न - उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ ?

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १६ : १७ मा प्रकाशित

सांसदहरुलाई मन्त्री भण्डारीको प्रतिप्रश्न - उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ ?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी व्यवसायीको पक्षमै बोल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार सिमेन्ट उद्योगीसँगको छलफलमा मन्त्री भण्डारीमाथि सांसदहरुले उद्योगीको पक्षमा लागेको टिप्पणी गरेका थिए ।

समिति बैठकमा सिमेन्ट उद्योगी र सांसदहरूबीच सिमेन्टको भाउबारे चर्काचर्की भएको थियो । यसपछि मन्त्री भण्डारीले सरकारको काम नीतिमा भएको जटिलता हटाउने भएको बताउँदै वस्तुको मूल्य बजारले नै निर्धारण गर्ने बताए ।  ‘दुवै पक्षलाई मिलाएर लानुपर्ने छ,’ बैठकपछि उद्योगमन्त्री भण्डारीले भने, ‘उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

सिमेन्टको भाउ वृद्धिबारे मन्त्रालयमा सरोकारवालासँग ५–६ पटक छलफल भएको उनले बताए ।  मन्त्री भण्डारीका अनुसार साउन महिनामा प्रत्येक वर्ष प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सयोजकत्वमा हरेक जिल्लामा मूल्य निर्धारण समिति बनाउने गरिएको छ । अहिलेको मूल्य निर्धारण साउन महिनामै भएको थियो । नेपाल राष्ट्र बैंकले प्रत्येक महिना जारी गर्ने मुद्रास्फीति दरभन्दा बढी भए त्यो नियन्त्रण हुने उनको तर्क छ । उद्योग पनि बचोस्, निर्माणको काम पनि हुन्छ भनेर सकारले दुवै पक्षसँग वार्ता गरेको उनको भनाइ छ ।वार्ताकै आधारमा उद्योगीले सिमेन्टको भाउ केही बढाइएको स्वीकार्दै मन्त्री भण्डारीले ‘सहमति कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको बताए । उद्योगमन्त्री भण्डारीले उपलब्ध स्रोतसाधनको बढी प्रयोग गर्नु नै उचित हुने भन्दै हाल उद्योगहरूको अवस्था के छ भनेर समितिले अध्ययन गर्नुपर्नेमा जोड दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको