Like us!
Follow us!
Connect us!
Watch us!

नवराज सुबेदीको नेतृत्वमा आन्दोलन चलाउन कमल थापाको प्रस्ताव

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, १० : ११ मा प्रकाशित

नवराज सुबेदीको नेतृत्वमा आन्दोलन चलाउन कमल थापाको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादीहरू एकजुट हुनु पर्नेमा जोड गरेका छन् ।

गत साता भएको राजावादीको प्रदर्शनमा उल्लेखीय उपस्थिति भए पछि उत्साहित राजावादीहरूले आ आफ्नै नेतृत्वमा आन्दोलन चर्काउने कुरा गरिरहेको बेला थापाले भने राजावादीहरू एक ठाउँमा आउने पर्नेमा जोड दिएका हुन् ।

उनले पुर्व पञ्चायत प्रमुख नवराज सुबेदीको नेतृत्वमा गोलबन्द हुनु पर्नेमा पनि जोड गरेका छन् । ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो पटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा ुसंयुक्त जनआन्दोलनु समिति गठन भएको छ,’ उनले भनेको छ, ‘अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरौँ, एकजुट भई निर्णायक आन्दोलन गरौँ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको