Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा नेपालले माग्यो प्रधानमन्त्रीको राजीनामा

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १९ : १४ मा प्रकाशित

राप्रपा नेपालले माग्यो प्रधानमन्त्रीको राजीनामा

भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले सुरु गरेको देशव्यापी आन्दोलनलाई सरकारले कठोर दमन गरेको भन्दै राप्रपा नेपालले कडा प्रतिक्रिया दिएको छ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा, प्रशासनको दमनका कारण  निर्दोष र निहत्था युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको तथ्य सार्वजनिक गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विद्यालय–क्याम्पसमा अध्ययनरत बालकिशोरसम्मलाई बर्बरतापूर्वक दमन गर्ने वर्तमान मन्त्रीपरिषद्को सत्तामा बस्ने कुनै नैतिक अधिकार छैन।”

राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिन चेतावनी दिँदै आन्दोलनकारी युवाहरूका मागलाई न्यायसंगत बताएको छ। सामाजिक सञ्जाल नियमित सञ्चालन, भ्रष्टाचार र कुशासनको अन्त्य जस्ता मागमा आम नेपाली जनताको समर्थन रहेको भन्दै, “सहादत प्राप्त युवाहरूको रगत खेर जाने छैन, यो देशमा आमूल परिवर्तनको सूत्रधार बन्नेछ” भन्ने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि दिइएको छ।

68beda7d1096e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको