Like us!
Follow us!
Connect us!
Watch us!

कमल थापाको आपत्ति: "राजा ज्ञानेन्द्रलाई जरिवाना स्टण्ट मात्र हो"

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, १७ : ४१ मा प्रकाशित

कमल थापाको आपत्ति: "राजा ज्ञानेन्द्रलाई जरिवाना स्टण्ट मात्र हो"

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको निर्णयप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले कडा प्रतिक्रिया जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै थापाले महानगरको निर्णयलाई "हास्यास्पद" भनेका छन्। उनले लेखेका छन्, “गलत ठेगानामा पठाइएको पत्रजस्तो ‘स्टण्ट’ भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।”

थापाका अनुसार, चैत १५ गते संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर कार्यक्रम गरेका थिए, तर महानगरपालिकाले त्यसलाई नजरअन्दाज गर्दै पूर्वराजालाई दोषी देखाएको आरोप उनले लगाएका छन्।

साथै, उनले पत्रको भाषा अशिष्ट र अमर्यादित रहेको भन्दै महानगरले पूर्वराजा शाहलाई मात्रै नभई एक पूर्वराष्ट्राध्यक्षप्रति समेत सम्मानजनक व्यवहार गर्नुपर्ने बताए। “राजाको कुरा छोडौं, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुनुहुन्छ भन्ने कुरा महानगरले हेक्का राख्नुपर्छ,” उनले लेखेका छन्।

थापाले महानगरलाई पत्र फिर्ता लिन सुझाव दिँदै मेयर साहको नेतृत्वमा यस्ता त्रुटिहरू हुनु आश्चर्यजनक भएको उल्लेख गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको