Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने, चैत २९ गते बोलायो साधारण सभा

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, ०९ : ०४ मा प्रकाशित

नेपाल आयल निगमले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने, चैत २९ गते बोलायो साधारण सभा

नेपाल आयल निगमले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते साधारण सभा बोलाउने निर्णय गरेको हो।

सभा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार काठमाडौंमा अपरान्ह १ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । निगम दोस्रो बजारमा सूचीकृत भएको संस्था भने होइन । यो सरकारी स्वामित्वको संस्था हो । 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको