सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा चैत्र ८ गते शुक्रबार काठमाडौंको अनमोल बैंक्वेट, नयाँ बानेश्वरमा सम्पन्न भएको हो।
कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा आयोजित सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साधारण सभाले २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै नगद लाभांश र बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
सभाले ८% नगद लाभांश (कर सहित) तथा १.२४८९% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यससँगै कम्पनीको जारी पूँजी वृद्धि भई ५.०१ अर्ब रुपैयाँ पुग्नेछ। साधारण सभाले यस परिवर्तनअनुसार कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने निर्णय पनि गरेको छ।
सभाले कम्पनीको रजिष्टर्ड कार्यालय नयाँ बानेश्वरबाट नक्साल, काठमाडौं स्थानान्तरण गर्ने निर्णय गरेको छ। साथै, २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत पारित गरिएको छ।
सभामा कम्पनीका अध्यक्ष रतन लाल केडियाले संस्थागत सुशासन, व्यावसायिक नीतिहरू, र दक्ष जनशक्तिको कार्यदक्षताको कारण कम्पनीले जीवन बीमाक्षेत्रमा पृथक पहिचान स्थापित गरिरहेको बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले मर्जर प्रक्रियाका चुनौतीहरूलाई व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल र सक्षम संस्थाका रूपमा अघि बढाइने उल्लेख गरे। उनले कम्पनीको व्यवसाय वृद्धि निरन्तर जारी रहेको र आगामी वर्षहरूमा थप सुधारको योजना रहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस