सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा पौष २४ गते शुभ इभेन्ट्स, गोल्फुटार, काठमाडौंमा आयोजना गरिएको हो। कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सभाध्यक्षले सहभागीहरूलाई स्वागत मन्तव्य दिँदै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
यसैगरी, सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको विद्यमान चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँको १०.१७८० प्रतिशतका दरले हुने कुल ५१ करोड ४ लाख १८ हजार ९७० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको छ। त्यसका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत साधारण सभाले पारित गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार, सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरीक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकिय भूमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए। मर्जरमा आएका चुनौतिलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस