Like us!
Follow us!
Connect us!
Watch us!

यी चार निर्माण कम्पनी परे सरकारको कालोसूचीमा,अब कति वर्ष काम गर्न पाउँदैनन् ?

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १० : २९ मा प्रकाशित

यी चार निर्माण कम्पनी परे सरकारको कालोसूचीमा,अब कति वर्ष काम गर्न पाउँदैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । 

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य २ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । 

निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

 

67e0e86e1ffc0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको