Like us!
Follow us!
Connect us!
Watch us!

इन्टरनेट कम्पनी नेपाल वायरलेसको अनुमति खारेज

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १२ : ०८ मा प्रकाशित

इन्टरनेट कम्पनी नेपाल वायरलेसको अनुमति खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इ-मेल सहित) सेवा प्रदायक नेपाल वायरलेसको इन्टरनेट सेवा सञ्चालन अनुमति खारेज गरेको छ।

म्याग्दी राम्चेमा सञ्चालनमा रहेको उक्त कम्पनीले तोकिएको समयमा अनुमतिपत्र नवीकरण नगरेकाले स्वचालित रूपमा खारेज भएको प्राधिकरणले जनाएको छ।

इन्टर्नेट (इमेल सहित)को अनुमतिपत्र प्राप्त संस्था नेपाल वायरलेसले राम्चे, म्याग्दीबाट ग्रामीण दूरसञ्चार सेवा प्रदायकको रुपमा अनुमतिपत्र (अनुमतिपत्र नं. ग्रामीण-५) पाएकाे थियो । उ

प्राधिकरणले जारि गरेको सूचनामा उल्लेख छ, ‘दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०८१ फागुन १९ देखि स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्राधिकरणले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न समेत सूचित गरिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआए प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी पनि नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको