नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले विद्युत प्राधिकरणले आफूहरुको उद्योगमा दिउँसै रातको पारेको बताएका छन् ।
आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जानकारी नगराई १२/१३ घण्टासम्म लोडसेडिङ गरेको गुनासो गरे। डेडिकेटेड र ट्रंक लाइनको विवादित विषयलाई लिएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले आफ्नै मन लाग्दी गरेको भन्दै उनले आपत्ति जनाए । अहिले भैरहवा क्षेत्रमा दिनकै १२/१३ घण्टासम्म लोडसेडिङ भएको नेपाल स्टिल उत्पादक संघका अध्यक्ष न्यौपानेले गुनासो गरे ।
उनले भने, ‘हामीलाई लोडसेडिङबारे केही जानकारी नै गराउनु भएन्। बिचमै एक्कासी लाइन काटिन्छ । मिडिमामा १२ घण्टा हुने कुरा मिडियामा सुनिन्छ। तर अहिले १३, १४ घण्टासम्म विद्युत आउदैन् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस