Like us!
Follow us!
Connect us!
Watch us!

३५ उद्योगबाट प्राधिकरणले उठायो २३ करोड ८७ लाख बक्यौता

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, १० : १६ मा प्रकाशित

३५ उद्योगबाट प्राधिकरणले उठायो २३ करोड ८७ लाख बक्यौता

लोडसेडिङको अवधिमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ मार्फत विद्युत् प्रयोग गरेका उद्योगमध्ये २५ नयाँ उद्योगले पहिलो किस्ताको प्रिमियम महसुल बुझाएका छन् । यसैगरी, किस्ताबन्दी सुरु गरेर बीचमै रोकिएका १० उद्योगले पनि भुक्तानी प्रक्रिया फेरि सुरु गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणले हालसम्म ३५ उद्योगबाट जम्मा २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ उठाएको छ । ती उद्योगसँग प्राधिकरणको कुल पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता रहेकामा करिब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै उठ्न बाँकी छ ।

सचिवालयका अनुसार यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुल हो ।

भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्रीसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले उद्योगीहरूले राज्यप्रतिको दायित्व बोध गर्दै बक्यौता तिर्न थालेकोप्रति प्रशंसा व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको