Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानसँग मिलेर काम गर्छु - हितेन्द्रदेव शाक्य

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १५ : २७ मा प्रकाशित

कुलमानसँग मिलेर काम गर्छु  - हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग सहकार्य गर्दै प्राधिकरणको काम प्रभावकारी रूपमा अघि बढाउने बताएका छन् ।  सर्वोच्च अदालतको आदेशपछि बुधबार पुन:पदबहालीका क्रममा उनले यस्तो बताएका हुन् ।

तत्कालीन ऊर्जामन्त्री घिसिङको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको शाक्यको सरुवा निर्णयलाई सर्वोच्च अदालतले प्रतिशोधपूर्ण भनेर खारेज गरेपछि उनी पुनः नेतृत्वमा फर्किएका हुन्। पदभार सम्हाल्दै शाक्यले आफू एमडी भएकै कारण हटाइिएको दाबी गर्दै अदालतको आदेशमार्फत न्याय पाएर फर्किएको प्रतिक्रिया दिए।

‘अहिले विद्युत प्राधिकरणको एमडी भएको नाताले, भएकै कारणले जुन दुर्घटना मैले व्यहोर्नुपर्यो, त्यो अरु कुनै कारणले थिएन,’ शाक्यले भने, ‘दुई–अढाइ महिनाको दुःखद् समयपछि न्याय पाएर फर्किएको छु । अब आफ्ना कार्यक्रमहरूमा पहिलाभन्दा पनि अझ बढी जोश र लगनशिलतासहित काम गर्नेछु ।’ शाक्यले ऊर्जामन्त्री घिसिङ र आफू दुवै प्राधिकरणकै पृष्ठभूमिबाट आएकाले काम गर्न सहज हुने विश्वास व्यक्त गरे। उनले भने, ‘ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौं । हामीले यो क्षेत्र एक–एक हिसाबले बुझेका छौँ । उहाँले चिलिमेदेखिका अनुभवहरू भोगेर आउनुभएको छ । त्यसैले उहाँले मलाई पूर्ण रूपमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’

उनले अबको साढे तीन वर्ष निश्चित लक्ष्य (गोल) पूरा गर्ने गरी लाग्ने र सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको हकहितलाई सर्वोपरी ठानेर अघि बढ्ने बताए । प्राधिकरणका आफ्नै आयोजनाहरू हुनुपर्नेमा समेत उनले जोड दिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको