Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् काट्ने निर्णय श्रमिकमाथिको प्रहार हो - समग्र उद्योग ट्रेड यूनियन

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १५ : २२ मा प्रकाशित

विद्युत् काट्ने निर्णय श्रमिकमाथिको प्रहार हो  - समग्र उद्योग ट्रेड यूनियन

समग्र उद्योग ट्रेड यूनियन नेपालले केही उद्योगहरूको विद्युत् आपूर्तिमा अवरोध पुर्याउने नेपाल विद्युत् प्राधिकरणको निर्णयको कडा विरोध गरेको छ। यूनियनले यस्तो कदमले हजारौं मजदुरको रोजगारी, आम्दानी र जीविकामा संकट ल्याउने भन्दै यसलाई श्रमिकमाथिको प्रहार र श्रम–विरोधी कार्य भएको जनाएको छ।

यूनियनले सरकार र प्राधिकरणलाई उद्योगहरूको विद्युत् आपूर्ति निरन्तर गर्न माग गर्दै,भुक्तानी विवाद जस्ता आन्तरिक विषयमा श्रमिकमाथि असर पर्ने निर्णय नगर्न चेतावनी दिएको छ। साथै, समस्याको समाधानका लागि ऊर्जा मन्त्रालय र प्राधिकरणले वैकल्पिक मार्ग खोज्नुपर्ने पनि यूनियनले आग्रह गरेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको