नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।
गत साता सरकारले घिसिङलाई चार मुख्य आरोप लगाउँदै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। ती आरोपहरूमा भारतसँग महँगो मूल्यमा विद्युत खरिद गरेको, कार्यसम्पादन मूल्यांकनका लागि आवश्यक कागजात समयमा नबुझाएको, शून्य अंक पाएको तथा प्राधिकरणको नाफा कृत्रिम रूपमा बढाएर प्रचार गरेको भन्ने विषय समावेश थिए।
घिसिङले सरकारलाई सात बुँदामा आफ्नो बचाउ गर्दै स्पष्टीकरण बुझाएका थिए। उनले आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै सरकारले पूर्वाग्रही ढंगबाट निर्णय गरेको बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस