नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको बर्खास्ती निर्णयविरुद्ध कानूनी कदम उठाउने तयारी गरेका छन्। मन्त्रिपरिषद्को निर्णयमार्फत पदमुक्त भएपछि उनी अदालत जाने तयारीमा जुटेका हुन्।
सरकारले हालै घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध उनले अदालतमा रिट दायर गर्ने तयारी गरिरहेका छन्। सरकारको पछिल्लो निर्णयमा आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको भन्दै उनले कानूनी बाटो अपनाउने भएका हुन्।
यसअघि सरकारको निर्देशनअनुसार स्पष्टीकरण पेश गरेका घिसिङले आफूविरुद्ध लगाइएका आरोपहरू आधारहीन रहेको बताएका थिए। तर, मन्त्रिपरिषद्ले उनको स्पष्टीकरण अस्वीकार गर्दै उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।
२०७८ साउन २५ मा नियुक्त भएका घिसिङको कार्यकाल २०८२ साउन २४ सम्म रहने थियो। तर, सरकारको निर्णयपछि उनको कार्यकाल निर्धारित समयभन्दा अघि नै अन्त्य भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस