नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
बुधबार अपराह्न उनका तर्फबाट वरिष्ठ अधिवक्ता लोकमणि पोखरेलले सर्वोच्चमा रिट निवेदन दर्ताका लागि पुगेका हुन्।
घिसिङले आफूलाई सरकारको गलत नियतका साथ पदबाट हटाइएको जिकिर गर्दै रिटमा नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्।
स्रोतका अनुसार उनले सरकारको निर्णय बदर गर्दै आफूलाई पुनः कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने माग राखेका छन्।
मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार सरकारको आदेशमा हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ। तर, घिसिङले आफूलाई गल्तीबिना नै पदबाट हटाइएको दाबी गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस