सेयर बजारमा फेरि उत्साह फर्किएको छ ।
यस दिन नेप्से सूचक ४१.६७ विन्दुले बढेर २६६३.५४ अंकमा आइपुगेको छ । ५ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेका छन् ।
बजार बढ्दा लगानीकर्ता हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्समा झुम्मिएका छन् । यी दुई कम्पनीको आज क्रमशः ५१ करोड १६ लाख र २६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
साथै, एनआरएनको २५ करोड ३२ लाख, सिईडिबिको १९ करोड र ग्रिन डेभलपमेन्ट बैंकको १८ करोडको सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस