Like us!
Follow us!
Connect us!
Watch us!

घिसिङ र शाक्यको पेसी न्यायाधीश मुसलमानको इजलासमा

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ११ : ५३ मा प्रकाशित

घिसिङ र शाक्यको पेसी न्यायाधीश मुसलमानको इजलासमा

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए । यस्तै अघिल्लो रिक्त कार्यकालको पारिश्रमिकसहित आर्थिक सेवा सुविधा माग गर्दै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी पनि मुसलमानकै इजलासमा परेको छ।

घिसिङको पेसी इजलासको दोस्रो र शाक्यको पाँचौँ नम्बरमा रहेको छ । घिसिङ र शाक्य दुवै बुधबार साँझ सर्वोच्च पुगेका थिए । उनीहरूको रिट निवेदन दर्ता भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको