शेर बहादुर ज्यु, केपी वली ज्यु र प्रचण्ड ज्यु पत्रकार सम्मलेन गरेर आजै आफ्नो आत्म समिक्षा सहित राजाले राजगद्दी छोडे भन्दा सजिलो गरी राजनीतिबाट संन्यास लिनुस् * मार्क्स र लेलिनको होइन बुध्दको सन्तान भएको परिचय दिनुस् *नेपालमा नेपाली भएर बाँच्न दिनुस् * ढिलो नगर्नुस्।
गएको चुनावमा हजुरहरूले जनताको आवेग असन्तुष्टि नरोकेको भए, राजतन्त्र भन्दा पनि चरम भ्रष्टाचारी नभएको भए र हजुरहरू तिनै जनाले राजनीतिबाट विश्राम लिएको भए, आज यो आन्दोलन हुने थिएन। म जस्तो केही पार्टी नभएको स्वतन्त्र नेपालीहरूलाई हजुरहरू तिनै जना मिलेर लुटेको पैसाले नहराएको भए आज यो दिन देख्नु पर्थेन। कम्तीमा म जस्ता देशभरिका युवाहरूलाई नरोकेर फुल्न र फक्रिन दिएको भए, जनतालाई गणतन्त्रले र चुनावले काम गर्छ भन्ने विश्वास गर्थे र अर्को चुनावसम्म कुरेर बस्थे । विडम्बना अब अर्को चुनावसम्म कुर्न नसक्ने हजुरहरूले बनाउनुभएको हो। बिरालो सानो भए पनि बन्द कोठामा थुनेर आक्रमण गर्दा बिरालोले हजुरको ज्यान लिन सक्छ। अहिले त्यस्तै हो- हजुरका कार्यकर्ताले नेपालमा नेपाली भएर बाँच्न दिएनन् , श्वास फेर्न दिएनन् ,त्यही भएर निरीह जनताले मर्नु भन्दा बहुलाउनु बेस भनेर उपाय हराएर बहुलाउने बाटो अङ्गालेका हुन्। अरु धेरै बहुलाउन नदिनुस् , बन्द कोठाका झ्यालहरु खोलिदिनुस्, नेपाली स्वास फेर्न दिनुस्। आफ्ना विश्वविध्यालय , कर्मचारि, न्यायलयमा, पत्रकारिता लगायतका क्षेत्रमा भएका गुण्डाहरुलाई जनताको रगत चुस्न सकेको छिटो बन्द गर्न भन्नुस। नेपाली बन , पार्टी र कार्यकर्ता भन्दा माथि देस र जनता राख भन्नुस।
हजुरहरू तिनै जनाले सकेको छिटो संयास लिनुस्, राजीनामा दिनुस। यो राजतन्त्रको आवाज लामो समय आफै धकेलिन्छ। हजुरहरूले जनतालाई जति जिस्क्याउनु हुन्छ त्यति तपाईँहरूको पतन नजिक छ। हजुरका सम्पूर्ण कार्यकर्ताहरुलाइ गुन्डा बनेर जनतालाई लुट्न बन्द गर्न भन्नुस्, ४७/४८ पछि लुटेको पैसा फिर्ता गर्नुस्, जनताको असन्तुष्टि आफै हराउँछ। गणतन्त्र राजाले आफै ल्याएका हुन् र राजतन्त्र हजुरहरू तिनै जनाले ल्याउने हो। गणतन्त्र जोगाउन मन छ भने आजै राजीनामा दिनुस् ।
नेपालीहरू मारेर रगत लतपतिएको त्यो कुहिएको अनुहार नेपाली जनतालाई देखाउन बन्द गर्नुस्। मुख हेर्दा पनि घिन लाग्ने भइसक्यो, वाकवाकी आउने भइसक्यो। होइन भने तपाईँहरूलाई लतारेर हजुरहरुको राजनीति टुकुचामै अन्त्येष्टि गर्न धेरै बेर छैन। अब जनतालाई यो सिस्टमले काम गर्छ भन्ने झिनो आशा पनि सिद्धिन धेरै समय बाँकी छैन। बेलैमा पशुपतिनाथले हजुरहरूलाई कृपा गरुन् , बुद्धि फेरिदिउन्, राजा भन्दा त्यागी बनाइदिउन र बाँकी निरीह जनताको श्वास जोगाइदिउन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस